पु.समाचार

कर्मचारीको घुस्याहा प्रबृति, अख्तियारले यसरी समात्यो सुब्बा सापलाई घुस लिँदालिँदै

बनेपा । जिल्ला अदालत, काभ्रेपलाञ्चोकका नायब सुब्बा राजेन्द्र खत्री रु एक लाख २५ हजार घुस लिँदालिँदै आज धुलिखेलबाट पक्राउ परेका छन् ।

अदालत परिसर बाहिर सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए।

उनले कुन मुद्दा मिलाउने भन्दै सो रकम घुस लिएको खुल्न सकेको छैन ।