पु.समाचार

राजधानीमा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सुरु हुँदै

काठमाण्डौ । सोमबारदेखि काठमाण्डौमा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सुरु हुँदैछ ।नेपाल पत्रकार महासंघ र इन्टरनेश्नल अलर्टको आयोजना अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सुरु हुन थालेको हो ।

सम्मेलजमा कठिन अवस्थामा रिपोर्टिङ, पत्रकारको सुरक्षा, सेल्फ सेन्सरसिप, अल्टरनेटिभ मिडियामा विभिन्न समुदायको आवाज, मिडियामा महिला, सम्पादकीय स्वतन्त्रता, समावेशी मिडिया, मिडिया र प्राकृतिक विपद् लगायतका विषयमा व्यापक छलफल हुने जनाइएको छ ।

नेपाल, भारत,बंगलादेश, पाकिस्तान लगायतका देशका पत्रकार तथा सञ्चार विज्ञहरु सहभागी हुने सम्मेलन प्राज्ञिक क्षेत्र, सरकारी अधिकारी, विकास साझेदार र नागरिक समाजका अगुवाहरुको समेत सहभागिता रहने नेपाल पत्रकार महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय सम्मेलन पत्रकारहरुको हित र सुरक्षाको विषयमा निर्णय लिन कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।