आर्थिक

नेपालमा कार कम्पनीहरुको यस्तो लापर्वाही

काठमाण्डौ । विश्वको चर्चित ब्रान्डको सवारीसाधन नेपाल भित्रने प्रतिस्पर्धा केही समय यता चलेको छ । नेपालमा विभिन्न चर्चित ब्रान्डका निजी साना सवारीसधान खरिद गर्नेको संख्या नेपालमा दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ ।

नेपालमा ती चर्चित ब्रान्डमा सवारी भित्र्याउने कम्पनीहरुले विभिन्न अफर दिएर साना सवारीसाधन बिक्रिवितरण गर्ने गरेको भए पनि यस्ता सवारीसाधनमा आउने खराबीका बारेमा भने उनीहरुले सकेसम्म ढाकछोप गरिरहेको पाईन्छ ।

यसपटकको दशैं अफर भनेर फक्सावागनले आकर्षक पुरस्कार र बम्पर योजना सार्वजनिक गरेको थियो । फक्सावागनले ६ लाखसम्मको नगद छुट, ३२ ईन्चदेखि ६४ ईन्चसम्मको हात खाली नजाने पानसोनिक टिभी उपहार र २ तोला सुनको बिटल कारको घोषणा गरेर जनता आकर्षित गर्न खोजेको थियो ।

यस्तै निसान कार कम्पनीले पनि आफ्ना सवारीसाधनमा आएको प्राविधिक गडबडीलाई छोप्न स्किम ल्याएको थियो। उनीहरु जनताको सुरक्षाभन्दा पनि आफ्नो ब्यक्तिगत फाईदालार्य बढी ध्यान दिईरहेको पाईन्छ ।

निसानद्धारा १२ लाख कार फिर्ता
सोमबारको नेपाल समाचारपत्रमा लेखिएको छ, विश्व चर्चित जापानी निर्माण कम्पनी निासनले करिब १२ लाख बजारमा गईसकेको कार फिर्ता लिने घोषाण गरेको छ ।

४८ लाख ६० हजार फक्सवागन फिर्ता लगिने  फक्सावगनले चीनमा विक्री गरिसकेका करिब ४८ लाख ६० हजारवटा सवारी फिर्ता लिने भएको हो ।