पर्यटन/संस्कृति

पर्यटन मन्त्री देवद्वारा निर्बाचन आयोग गई स्पष्टीकरण पेश

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले आज अपराह्न निर्वाचन आयोग कान्तिपथ, काठमाडौँमा उपस्थित भई स्पष्टीकरण बुझाएका छन् ।

आयोगले मन्त्री देवलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई आयोगको सहमतिबिना सरुवा गरेको विषयलाई लिएर २४ घण्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न असोज १९ गते आदेश दिएको थियो ।

आयोगका प्रवक्ता नवराज ढकालले पर्यटनमन्त्री देवले आज आयोगमा उपस्थित हुनुभई स्पष्टीकरण बुझाएको जानकारी दिए ।

आयोगले मन्त्री देवलाई निर्वाचन आचारसंहिताको अवहेलना हुनेगरी गरेको कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा १० विपरीत भए गरेको पुष्टि हुन आएको हुंदा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफसहित आयोगमा उपस्थित हुन आदेश दिएको थियो ।