पु.समाचार

प्रहरी संगठनभित्र एक्कासि एउटा विषय अघि आएपछि खैलाबैला

काठमाण्डौ । प्रहरी संगठनभित्र यतिबेला ३० बर्षे सेवा अवधि हटाउने रन्कोले खैलाबैला मच्चिएको छ । गृहमन्त्री जनार्दन शर्मासमेत ३० बर्षे सेवा अवधि हटाउने विषयमा सकारात्मक देखिएका छन् ।

३० बर्षे सेवा अवधि हटाएमा हाल रहेका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको जागीरे अवधि साढे दुई बर्ष लम्बिनेछ । प्रहरीमा सानो समूह ३० बर्षे सेवा हटाउँदा खुसी देखिए पनि ठूलो समूह भने रोक्नलाई शक्तिकेन्द्र धाउँदै आएको छ ।