राजनीति

नेपाल प्रहरीका विवादस्पद डिआइजी सिलवाल एमाले प्रवेश

काठमाण्डौ । राजीनामा स्वीकृत नै नभई नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल औपचारिक रुपमा राजनीतिक दलमा प्रवेश गरेका छन् । प्रहरी कर्मचारीको हैसियतमै उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

भदौ २८ मा उनले दिएको राजीनामा स्वीकृत भएको छैन । शनिबारको नागरिकमा लेखिएको छ, राजीनामा स्वीकृत भई पेन्सनपट्टाको प्रक्रिया सुरु नभएसम्म सरकारी कर्मचारी बहालवाला पदमै कायम रहन्छन् ।