राजनीति

दोलखामा एमालेले सिफारिस गर्यो उम्मेद्वार

दोलखा । नेकपा एमाले दोलखाले आगामी मंसीर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सर्वसम्मत रुपमा सिफारिश गरेको छ । शुक्रवार बसेको जिल्ला कमिटी बैठकले केन्द्र र प्रदेश दुवैमा नेताहरुको योग्यता र क्षमताका आधारमा उम्मेदवार सिफारिश गरेको हो ।

बैठकले एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पोलिटब्युरो सदस्य पशुपति चौलागाई, केन्द्रीय सदस्य तथा दोलखा इञ्चार्ज पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, प्रचार बिभाग प्रमुख धर्मेन्द्र मोक्तान र दोलखा काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष दिब्यध्वज कार्कीको नाम सिफारिश गरेको छ ।

यसैगरी एमाले दोलखाले प्रतिनिधिसभामा समानुपातिकतर्फ केन्द्रीय सदस्य इश्वरी रिजाल, बैकल्पिक केन्द्रीय सदस्य रचना खडका, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पूर्व सांसद शान्ति पाख्रिन र जनजाती नेता पासाङ शेर्पाको नाम सिफारिश गरेको छ ।

यस्तै प्रदेश सभातर्फ क्षेत्र नं १ को प्रत्यक्षतर्फ केन्द्रीय अनुशासन आयोगका सदस्य शिवप्रसाद भण्डारी, प्रदेश ३ संगठन कमिटीका संयोजक श्यामकुमार बस्नेत, पूर्व सचिव बशन्तराज कार्की, जिल्ला सचिवालय सदस्य बाबुकाजी कार्की, भीम दाहाल र गोपाल न्यौपानेको नाम सिफारिश गरेको छ ।
समानुपातिकतर्फ सरस्वती बस्नेत, मित्र जिरेल, हर्कमान पाख्रिन, शान्तिकुमारी तामाङ, रोजकुमारी चौलागाँई, उर्मिला सुनुवारको नाम सिफारिश गरेको छ । क्षेत्रीय कमिटीको सिफारिशअनुसार जिल्ला कमिटी बैठकले सर्वसम्मत रुपमा ती नाम सिफारिश गरेको हो ।

प्रदेश २ मा प्रत्यक्षतर्फ लालकुमार केसी, बालकृष्ण शिवाकोटी, भुवन केसी, दिनेश शिवाकोटी र गुणबहादुर बुढाथोकीको नाम सिफारिश गरिएको छ । यसैगरी समानुपातिकतर्फ ठुला थामी, धनबहादुर तामाङ, थीरबहादुर मोक्तान, घणश्याम रिजाल, कमला ओली, भवानी कार्की र टेकबहादुर घतानीको नाम सिफारिस गरिएको छ ।

एमाले दोलखामा अध्यक्ष इश्वरचन्द्र पोखरेलले पार्टीमा काम गरेको अनुभव, स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन खेलेको भुमिका र योग्यता क्षमताका आधारमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि बिवादरहित ढंगबाट उम्मेदवार सिफारिश गरिएको बताए ।