पु.समाचार

निर्वाचन आयोगलाई भ्याइनभ्याई, यस्तो छ तयारी

काठमाण्डौ । निर्वाचन आयोगले मंसीर १० र २१ गते हुने निर्वाचनका लागि व्यवस्थापकीय र प्राविधिक तयारीलाई तीव्रता दिएको छ । आयोगका अनुसार दुई चरणको निर्वाचनका लागि निर्वाचनको तयारीको कार्यतालिका अनुसार जनशक्ति व्यवस्थापन, निर्देशिका तयार गर्ने कार्य अघि बढाएको हो ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, निर्वाचनमा आवश्यक पर्ने ६४ प्रकारका निर्वाचन समाग्रीको व्यवस्थापन, तालिम, प्रशिक्षण र खटनपटनलगायत कार्यलाई आयोगले तीव्रता दिएको छ ।