राजनीति

नेपाली काँग्रेसले स्थानीय तह तथा संबिधानसभा २ निर्बाचनका अन्तरघातीलाई यस्ता कडा कारबाही गर्यो

काठमाण्डौ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार सम्पन्न वैठकले आउदै गरेको मंसिर १० र २१ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्बाचनलाई लक्षित गर्दै महत्वपूर्ण निर्णयहरु रेको छ । शुक्रबार गरिएका निर्णयहरुले पार्टीभित्र अनुशासन कायम हुने अनुमान नेपाली काँग्रेसको छ । पार्टीले गरेका महत्वपूर्ण निर्णयहरु यस्ता छन्।

१. संविधान कार्यान्वयन गर्ने मूल कार्यभारका साथ नेपाली कांग्रेस र नेकपा मोओवादी केन्द्र लगायतका राजनीतिक दलहरुवीचको सहकार्यलाई अगाडि वढाइएको थियो । संविधान कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनमा मधेशकेन्द्रीत दल लगायतका सवै राजनीतिक दलहरुको उत्साहपूर्ण सहभागिता सम्भव भयो ।

यसरी नै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति समेत तोकि त्यसलाई आवश्यक पर्ने महत्वपूर्ण कानुनी व्यवस्था सुनिश्चित भै सकेको अवस्थामा हठात नेकपा माओवादी केन्द्रको एमालेसँग चुनावीतालमेल गर्ने निर्णयलाई हामीले अस्वभाविक रुपमा लिएका छौं । साथै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनीनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलहरुवीच भएको ६ वुँदे सहमतिले सरकारको वर्तमान गठवन्धन निर्माण गर्दा भएको ३ वुँदे सहमति माओवादी केन्द्रले तोडेको यो वैठक ठहर गर्दछ ।

संविधान कार्यान्वयन, रािष्ट्रय एकता र विभिन्न जाति तथा समुदाय वीचको सद्भाव र विश्वासका आधारमा देशलाई संमृद्धि र विकासको मार्गमा अगाडि बढाउने भन्दापनि विभाजनको मानसिकतालाई प्रोत्साहन गर्दै लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भाव समेतलाई कमजोर पार्ने तर्फ उन्मुख हुँदै आएको नेकपा एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रुपमा धु्रवीकरण तर्फ धकेलेको छ ।
२. लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर पार्दै निरकुंशता र अधिनायकवादलाई प्रोत्साहित गर्ने, सामाजिक सद्भाव र एकतालाई कमजोर गर्दै राष्ट्रिय एकतालाई कमजोर पार्ने, विधिको शासनमा आधारित लोकतान्त्रिक पद्धतिमार्फत देशमा समृद्धि सृजनागर्दै आम जनताको पहुँचमा पु¥याउने सोचलाई कमजोर पार्ने प्रवृत्तीलाई दृढताका साथ नेपाली कांग्रेसले सामना गर्नेछ र यी प्रवृत्तीलाई हामी पराजीत गर्ने छौं ।
शान्ति प्रकृयाबाट विकसित भएको नेपालको राजनीति सहमति, सहकार्य र मेलमिलापको कार्यदिशावाट संविधानको कार्यान्वयनसम्म आइपुगेको तथ्य सर्वविदितै छ । यहि बाटोवाट नै देशमा दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक संमृद्धि हुनसक्छ भन्ने हाम्रो दृढ विश्वास छ । विकसित परिस्थितिवाट नेपाली कांग्रेस विचलित नभै राष्ट्रिय एकता, लोकतान्त्रिक शासन, शान्ति प्रकृया र संविधान कार्यान्वयनमा जिम्मेदारीका साथ अगाडि बढ्न प्रतिवद्ध रहेको स्पष्ट पार्न चाहन्छौ । यस बाटोमा समान सोच राख्ने सवैसँग सहकार्य गर्न नेपाली कांग्रेस सदैव तत्पर छ ।
नेपाली कांग्रेस केन्द्रीय समिति नेपाली कांग्रेसका कार्यकर्ताहरु, शुभचिन्तक र समर्थकहरु, भातृ तथा शुभेच्छुक संस्थाहरुसवैलाई राष्ट्रियता, लोकतान्त्रिक मूल्य र मान्यतामाथी हुन थालेको आक्रमणलाई दृढताकासाथ सामना गर्दै एकतावद्ध भएर उच्च मनोवल र सकृयताका साथ आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउन आव्हान गर्दछ ।

३. अनपेक्षित र अस्वभाविक घटनाक्रमबाट विकसित परिस्थितिमा, मुलकमा प्राप्त उपलव्धीको संरक्षण र सम्वद्र्धन गर्न तथा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराई संविधानको कार्यान्वयन तथा मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक सम्वृद्धिको मार्गमा मुलुकलाई अगाडि वढाउने राष्ट्रिय दायित्व र जिम्मेवारी पुनः नेपाली कांग्रेसको काँधमा आइपरेको छ । यसर्थ, उपरोक्त दायित्व र जिम्मेवारी पुरा गर्न देशका सबै लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील राजनीतिक शक्तिहरुका बीचमा आपसी सद्भाव कायम राख्दै सहकार्य र आवश्यकता अनुसार चुनावी तालमेल गरी अगाडि वढ्ने निर्णय गर्दछ ।
४. उम्मेदवारीका सम्वन्धमा
(क) साविक संविधान सभा हाल व्यवस्थापिका संसदको समानुपातिक निर्वाचन प्रणालीबाट सभाषद्/सांसद वनेका व्यक्तिहरुलाई आसन्न प्रतिनिधिसभाको निर्वाचनमाअपबाद वाहेक समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार पुनः नवनाउने निर्णय गर्दछ ।
(ख) स्थानीय तहको निर्वाचनमा महानगर/उपमहानगर, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख पद र अन्य पदमा पार्टीका तर्फबाट उम्मेदवार वनेका व्यक्तिहरुलाई प्रदेश सभा तथा प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवार नवनाउने निर्णय गर्दछ ।
(ग) २०७० को आम निर्वाचन र स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक वनेकाहरुलाई प्रदेश सभा र प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवार नवनाउने निर्णय गर्दछ ।
(घ) पुनसंरचित ठूलो भूगोल सहितका निर्वाचन क्षेत्र तथा अत्यन्त कम समयावधि भएका कारण यही २०७४ आश्विन २७ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नाम टुंगो लगाई सक्ने निर्णय गर्दछ ।
(ङ) प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार चयन गर्न बरिष्ठ नेता लगायत साथीहरुसँग आवश्यक परामर्श गरि संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिने निर्णय गर्दछ ।