खेलकुद

अर्जेन्टिनाको विश्वकप यात्रा कठिन मोडमा

एजेन्सी ।  विश्व फुटबलको महारथी मानिने टिम अर्जेन्टिना २०१८ को विश्वकपको छनौट यात्रा कठिन मोडमा पुगेको छ ।  शुक्रबार बिहान पेरुसँगको खेलमा गोलरहित बराबरी खेलेपछि विश्व फुटबलका स्टार खेलाडी मेस्सी र उनको टिमको विश्वकप यात्रा जटिल मोडमा पुगेको हो ।

खेलमा अर्जेन्टिनाले लगातार दबाब बनाए पनि पेरुको रक्षा पंक्ति र गोल रक्षक अर्जेन्टिनाका लागि बाधक बने ।

दक्षिण अमेरिकाको समूहबाट शीर्ष चारमा पर्ने समूह सिधै विश्वकपमा छनौट हुनेछन् भने पाँचौ स्थानमा पर्न सफल टिमले न्यूजिल्याण्डसँग प्ले–अफ म्याच खेल्नु पर्नेछ । एक खेल खेल्न बाँकी रहँदा अर्जेन्टिना समूहको छैठाैँ स्थानमा रहेको छ ।

पाँचाै स्थानमा रहेको पेरुको भने विश्वकपमा छनाैट हुने सम्भावना जीवितै छ । पेरुले अब कोलम्बियासँग अाफ्नो अन्तिम खेल खेल्नेछ ।

अर्जेन्टिनाले अर्को हप्ता इक्वेडरसँग खेल्नेछ । इक्वेडरसँगको खेल जितेर पनि अर्जेन्टिनालाई विश्वकपमा छनौट हुन अरु टिमको खेलमा भर पर्नु पर्दछ ।

त्यस्तै उरुग्वेलाई भेनेजुएलाले गोलरहित बराबरीमा राेकपछि विश्वकपमा छनाैट हुन बाँकी खेलहरु कुर्न पर्ने भएको छ । दोस्रो स्थानमा रहेको उरुग्वेले अाजको खेल जितेकाे भए मात्रै विश्वकपमा छनाैट हुन्थ्यो ।