राजनीति

उम्मेद्वार बन्न यसरी केन्द्र धाउँदैछन् कांग्रेस कार्यकर्ता

बैतडी । महेन्द्रनगर कांग्रेस बैतडीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारको सूची केन्द्र पठाएसँगै आकांक्षीहरु राजधानी आउन थालेका छन् ।

दसैंलगत्तै सबैजसो उम्मेदवार आकांक्षी कार्यकर्तासहित राजधानी गएका हुन् । केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले सर्वसम्मत उम्मेदवार छान्न नसकेपछि आएजति सबै नाम केन्द्रीय समितिमा पठाएको छ ।

शुक्रबारको कान्तिपुरमा लेखिएको छ, प्रदेश सभामा २ र प्रतिनिधिसभाको १ क्षेत्र रहेको बैतडीमा ३ पदमा २८ आकांक्षी छन् ।