आर्थिक

पुननिर्माण प्राधिकरणमा यस्तो चलखेल, भूकम्पपीडित थप मारमा

काठमाण्डौ । भूकम्पपछिको पुननिर्माणका लागि गठन गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण राजनीतिक चलखेलको थलो बन्दा पीडित थप मारमा पर्ने देखिएको छ । २८ महिनासम्म टहरामा जिवन गुजार्न बाध्य पीडितमाथि फेरि अर्को राजनीतिक चलखेल सुरु भएको छ ।

नेपाली कांग्रेसले प्राधिकरणका वर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दराज पोखरेललाई प्युठानबाट प्रतिनिधिसभा चुनावको लागि उम्मेदवारमा सर्वसम्मत सिफारिस गरे पछि प्राधिकरण फेरी नेतृत्वविहीन हुने भएको छ ।

बिहीबारको नागरिकमा लेखिएको छ, राजनीतिक चलखेलकै कारण अहिलेसम्म प्राधिकरणको नेतृत्व तीनपटक परिवर्तन भइसकेको छ ।