राजनीति

काँग्रेस अछामद्वारा यस्ता १२० अनुहारलाई पठायो उमेर्द्वार बनाउदै

अछाम । नेपाली काँग्रेस अछामले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १२० जनाको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ ।

जिल्ला कार्यसमिति बैठकले अछामबाट प्रतिनिधिसभाका दुई सिटका लागि १३ जना प्रत्यक्षतर्फ र १७ जना समानुपातिकतर्फ सिफारिस गरेको हो भने चार वटा प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ २८ जना र समानुपातिकतर्फ ६२ जनाको नाम केन्द्रमा पठाएको हो ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेस क्षेत्र नं १ र २ ले जिल्ला कार्यसमितिलाई सिफारिस गरी पठाएबमोजिम सबै आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको काँग्रेस अछामका नेता चन्द्रप्रसाद ढुंगानाले जानकारी दिए ।

ढुंगानाका अनुसार प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ गोविन्दबहादुर शाह, ध्वजबहादुर कुँवर, भरतकुमार स्वाँर, मेघराज खड्का र राजेन्द्रबहादुर कुंवरको नाम पठाइएको छ भने समानुपातिकतर्फ अर्जुन ताम्राकार, टक्कर कडायत, डम्बरबहादुर सुनार, धर्मराज न्यौपाने, बलबहादुर कुँवरको नाम केन्द्रमा पठाइएको छ ।

यता क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पुुष्पबहादुर शाह, बलबहादुुर कुँवर, गणेशबहादुर विष्ट, मानबहादुर रावल, रामबहादुर विष्ट, देवराज देवकोटा, अक्कलबहादुर विष्ट, यज्ञराज ढुुंगानाको नाम परेको छ भने समानुपातिकका लागि कमलबहादुर विक, दिलबहादुर धामी, दुरपताकुमारी शाह, डा तिलकबहादुर रावल, निर्मला स्वाँर रावल, पहलमान कामी, बेलुुदेवी साउद, भूमिशरण ढकाल बजगाईं, ललितकुमार विष्ट, लालबहादुर शाही, हेमराज ढुुंगाना र वीरबहादुर रावलको नाम सिफारिस भएको छ ।

प्रदेशसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ को (क) मा प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ टीकाराम खनाल, टेकबहादुर कुंवर, भक्तबहादुर ठकुल्ला, राजन कुंवर, महेन्द्रबहादुर कडायतको नाम पठाइएको छ भने समानुपातिकतर्फ टक्करबहादुर ताम्राकार, भरतबहादुर कुुमाल, राधिका भुजेल, भुवनेश्वरी शर्मा, ललितबहादुर कुँवरलगायत १० जनाको नाम पनि सिफारिसमा परेका छन् ।

क्षेत्र नं १ कै (ख) मा प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ पूर्वजिल्ला सचिव टेकबहादुर साउदको नाममात्रै निर्विरोधरुपमा सिफारिस भएको छ भने समानुुपातिकतर्फ अनुराधा स्वाँर, कालीबहादुर बुढा, झकरबहादुर साउद, तिलकबहादुर खत्री, नृपबहादुर खड्का, प्रेमबहादुर बुढा, शेरबहादुर शाह, हर्कबहादुर स्वाँरको नाम सिफारिस भएको छ ।

यस्तै क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ अम्बिकाकुुमारी चलाउने, वेदप्रकाश तिमिल्सैन, कर्णबहादुर बुढा, टंकबहादुर धामी, दिलबहादुर धामी, वासु बटाला रावल, यज्ञप्रसाद ढकाल, रणबहादुर विष्ट, रामबहादुर शाही, सुरतबहादुर विष्ट र लालबहादुर शाहीको नाम सिफारिस भएको छ भने समानुुपातिकतर्फ अम्बिकाकुमारी थापा, कमलबहादुर विक, धर्मराज देवकोटा, यज्ञप्रसाद ढकाल, रामबहादुर शाही, लक्ष्मणबहादुर शाहीलगायत अन्य १३ जनाको नाम सिफारिस भएको सो पार्टीले जनाएके छ ।

निर्वाचन क्षेत्र नं २ कै प्रदेशसभा निर्वाचन क्षेत्र ९ख० मा प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ चन्द्रप्रसाद ढुुंगाना, डण्डप्रसाद भाट, नमबहादुर शाही, पद्मराज अधिकारी, पद्मबहादुर साउद, प्रकाशबहादुर साउद, पूर्णबहादुर बुढा, प्रेमबहादुर रावल, बलबहादुर विष्ट, सुरत बुडथापा र सुरेन्द्रबहादुर विष्टको नाम सिफारिस गरिएको छ भने समानुुपातिकतर्फ अञ्जुु मल्ल, नमिता रावल विष्ट, नमबहादुर शाही, पुुष्पराज भण्डारी, निर्मला रावल, पूर्णा शाह, विष्णुुप्रसाद बजगार्इं, बिपी रेग्मी, विष्णुबहादुर खड्का, भवानीप्रसाद रिमाल, मनसरा रावललगायत आठ जनाको नाम सिफारिस गरिएकोे काँग्रेस अछामले जनाएको छ ।