अन्तर्राष्ट्रिय

यसरी छुट्टिदैछ केही दिनभित्रै स्पेनबाट एउटा राष्ट्र

एजेन्सी ।  क्याटलोनियाका सरकार प्रमुख कारलस पूजमोनले यसै हप्ताको अन्त्यतिर अथवा आगामी हप्ताको शुरुतिर क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गरिने बताएका छन्।

स्पेन सरकारले हस्तक्षेप वा क्याटलोनियामाथि कब्जा गर्न खोजे अथवा आफूलाई पक्राउ गर्न खोजे त्यो उसको ‘अन्तिम गल्ती’ हुने उनले चेतावनी समेत दिए। स्पेनबाट छुट्टिनका लागि भन्दै क्याटलोनियामा आइतवार गराइएको विवादास्पद जनमत संग्रहपछि पहिलो पटक पूजमोनले सो कुरा बताएका हुन् ।

उनले जनमत संग्रहका क्रममा स्पेनको राष्ट्रिय प्रहरीले गरेको ‘दमन’बारे युरोपेली आयोगको प्रतिक्रिया ‘निराशाजनक’ भएको टिप्पणी गरे। सोमवार एउटा विज्ञप्ति जारी गर्दै युरोपेली आयोगले क्याटलोनियामा भएका घटनाहरु स्पेनको आन्तरिक मामिला भएको बताएको थियो।

स्पेनका राजा फेलिपे छैठौंले देशवासीलाई सम्बोधन गरे लगत्तै दिएको अन्तर्वार्तामा पूजमोनले मड्रिडस्थित केन्द्र सरकार र आफ्नो सरकारबीच हाल कुनै सम्पर्क नरहेको बताए।

सम्बोधनका क्रममा स्पेनका राजाले जनमत संग्रहका आयोजकहरुले आफूहरुलाई ‘कानून बाहिर’ राखेको बताए।