राजनीति

चुनाव नजिकिदै गर्दा प्रकाश दाहालकी दोश्रो पत्नीलाई यस्तो पीडा

काठमाण्डौ । साउन २२ मा पोखरामा माओवादी केन्द्रको ४ नम्बर प्रदेशस्तरीय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, एउटै गाउँपालिकाको चुनावमा एमाले, कांग्रेसले १० करोडसम्म खर्च गरे । उनको भनाईलाई आधार मान्ने हो भने जोकोहीले चुनाव लड्ने आँ नगर्दा हुन्छ ।

त्यसैले त उनकी बुहारी सिर्जना त्रिपाठीले ईच्छा भएर पनि प्रदेशसभामा लड्ने आँट देखाईनन् । असोज ४ र ५ मा माओवादीको कास्की क्षेत्र नम्बर ३ को बैठक बसयो बैठकको उदेश्य प्रदेश र संघको निर्वाचनमा क्षेत्रबाट उम्मेदार सिफारिस गर्नु थियो ।

बुधबारको कान्तिपुरमा लेखिएको छ, सिर्जना मतदाता रहेको क्षेत्र ३ क बाट उनीसहित राजु तिमिल्सिना र तीर्थ लुईटेलको नाम प्रदेशसभाको उम्मेदवारमा सिफारिस भयो । उनले स्वेच्छाले उम्मेदवारी दर्ज गर्ने निर्ण गरेकी थिईन् ।

तर अन्तिममा आएर ब्या भईन । उनी पछि हट्नको कारण थियो, चुनावमा गर्नुपर्ने खर्चको अभाव । अहिले जोसंग पैसा छ, त्यसैले चुनाव लड्ने हिम्मत गर्न सक्छन्, दुसैं मनाउन हेम्जासिथत माईतिघर आइपुगेकी उनले भनिन् मेरो आर्थिक कमजोर छ । पार्टीको केन्द्रीय सदस्य उनले समाजशास्त्रमा स्नातकोत्रर गरेकी छिन् ।