पु.समाचार

दुई देशबीचको सीमा व्यवस्थापनबारे भारतको यस्तो तयारी

काठमाण्डौ । आतंकवाद, उग्रवाद र अवैध मुद्रा, लागुपदार्थ ओसारपसारलगायत तस्करी नियन्त्रणका लागि भारतले नेपाल भारत सीमा नियमनमा जोड दिने भएको छ ।

नेपाल भारत प्रबुद्ध ब्यक्ति समुह ईपीजी को आगामी पाँचौ बैठकमा नेपाल भारत सीमा नियमन र सीमा सुरक्षा प्रमुख एजेन्डा बनाउँदै भारतीय पक्षले सीमा नियमनबारे आफ्नो धारणा राख्ने तयारी गरेको हो ।

नेपाल भारतवीच रहेको सानाठुला विभिन्न ७० चेक पोईन्ट नाका नियमन गर्ने विषयमा केन्द्रित प्रस्तुती गर्ने तयारीमा भारतीय पक्ष रहेको उच्च कुटनितिक श्रोतले जनायो ।