सामाजिक सञ्जाल

कम्न्युष्टहरु एक तालमेल र एकीकरण हुने बिषयमा मेची, माहाकालीदेखी समुन्द्रपारीसम्मका बुद्धीजीवीबाट आए यस्ता प्रतिकृया

कम्युनिष्टहरु जुट्नु र फुट्नु कुनै नयाँ घटना होईन।अब गुरिल्लाहरु पनि मान्छे हुने भए र मानसिक सन्तुलन गडबड भएकाहरु पनि सद्दे हुने भए।

गुरुराज घिमिरे, केन्द्रीय सदस्य नेपाली काँग्रेस

पार्टी एकिकरणको प्रक्रियामा शुरु भएको एमाले,माओबादी र नयाँ शक्तिको कार्यगत एकता निकै रोचक र संदिग्ध छ। एउटा प्रजातन्त्रवादी नागरिकका नाताले तीन पार्टीको एकतालाई शुभकामना त दिनै पर्छ।शुभकामना पनि छ,तर आजको समारोहमा ब्यक्त धारणाहरु सुन्दा कम्युनिष्टहरू ले जनतालाई यति धेरै बेवकुफ ठान्दा रहेछन भन्ने अझ प्रष्ट भयो।हाम्रो पुस्ता निकै भाग्यमानी रहेछ।निरंकुश राजा र अधिनायकबादी कम्युनिस्टसँग पालैपालो लड्न पाईने भयो।बरमझियाको पेडा पसलमा ग्राहक झुक्किए जस्तो अब जनता कोही न कोही कम्युनिष्ट त सहि होलान भनेर नझुक्किने भए।कम्युनिष्ट पाखण्डको एकमुष्ठ पर्दाफास हुने भयो।धेरै जाति भो,केपि र पुष्पकमललाई मुरिमुरि धन्यवाद!

 

 

 

-अर्जुन बम, केन्द्रीय सदस्य नेबिसंघ

 

 

आदरणिय,
नेपाली आमा,बुवा,दिदीबहिनी,दाजुभाइ हरु समवेदनशील भएर बस्न हुन आग्रह गर्दो छु।नेपाल मा काँग्रेस सिद्धउने उद्घासेयले देशि विदेशी सबै शक्ति लागेकाले सम्पूर्ण जनसमुदाय लाई चनाखो भएर बस्न हुन हार्दिक आवान गर्दो छु जस्तो सुकै संघर्ष जस्तो सुकै परिवर्तन को लडाइँ एकलै लडिरहेको इतिहास साच्चि नै छ।जति खेर काँग्रेस लाई अप्ठ्यारो पर्छ।त्यति खेर नेपाल का तराई पहाड हिमाल मा बस्ने विभिन्न जात जाति भाषा लिङ्ग सास्कृत्रि मान्नु हुने सम्पूर्ण नेपाली को साथ पाइरहेका छु,र झन् काँग्रेस सिद्धउने उदस्य ले विदेशी को संकेतले गर्दा वामपन्थी एकता गरेका छन। पञ्चायत, राणा, राजा, सबै मिलेर काँग्रेस माथि प्रहार गर्न खोज्दा आफै जनताले सिध्याउने सिध्याएको उदाहरण छ। झन् यस्ता कुराले गर्दै काँग्रेस एक्लै होइन काँग्रेस संग जनताको साथ छ।हामी संग कार्यक्रता मात्र भए काँग्रेस संग जनता रहिछन्।प्रदेश र केन्द्र को चुनाव मा लजास्प हारिने संकेतले वाम एकता गरेका छन् ।र चुनाव मा कार्यक्रता ले मात्र भोट हालेर नजितिने र जनतालाई भ्रम गन्न खोजिएको छ।यस देशमा वामपन्थी स्थापना देखि बच्चाका टाउका काट्ने देखि निर्माण भएका का पुल स्वास्थ्य केन्द्र गाविस भवन देखि दुर्गम बस्तीका जनताका छोराछोरी लाई त्यो आफ्नो बस्ती बाट टाढा पुग्न बाध्यता गराएको यथार्थ नै छ।न उनको घर छ न बास छ। त्यसैले वामपन्थी हरु संग न विश्वास हुन्छ।न देशको माया हुन्छ।जहिले वामपन्थी हरु जनताको लागि होइन आफनो लागि पद विना कहिले बाहिर नबस्न सक्ने।जहिले नि कुर्सी चाहिने वामपन्थी एकता बाट नेपाल को दिगो विकास होइन आफनो विकास गर्छन् वामपन्थी हरु त्यसको सानो उदाहरण हामी सबैलाई ताजा नै छ।होला पहिलो संविधानसभा को चुनाव मा वामपन्थी लाई बहुमत नै पाएका थिए ।नयाँ संविधान बनाउन बामपंथी का चार प्रधानमन्त्री नि भएका हुन तर संविधान गर्व मा नै तुहायको कुरा थाहा नै छ।अनि यस्तो बाम एकताले कानिर देश तुहाउ छ। त्यसैले आजनै बामपंथी आतिनु पर्दै न मंसिर मा जनताले अत्यई हाल्छ कम्रेड।

 

 

 

 

रमेश कुमार महत, नेका सचिव नुवाकोट

वाम एकताले कांग्रेस झन मजवुत हुने
अहिले नेपाली राजनितीमा नयां चर्चा शुरु भएको छ ूवाम एकताू ,कुनै पनि मुलुकमा एऊटा राजनितीक दल मजवुत देखियो भने वाकी सवै राजनितीक शक्ती एकजुट हुन्छन र त्यों मजवुत शक्तीको विरुद्दमा खनिन्छन।नेपालको राजनितीक ईतिहासमा कुनै पनि आन्दोलन वा राजनितीक परिवर्तनको अगुवाई, नेतृत्व नेपाली काग्रेसले गरेको इतिहास सवै सामु छर्लंग छ । अहिले प्रचारमा आए जस्तो मा।के।र एमालेको साँचै एकता हुने हो भने प्रजातन्त्रबादी र बामपन्थी बिचको कित्तामा राजनीति शुरु हुनेछ,यस अवस्थामा मुलुकले नयां राजनिती मोड़ ,नयां गती लिनेछ,काग्रेसले आफुभित्र भएका कमज़ोरीहरुलाई हटाई चुस्त संगठनिक संरचना भएको पाटी वनाऊन मद्दत हुनेछ ,विभाजित मनःस्थिति वाट एकिकृत पाटी हुनेछ, यस अवस्थामा काग्रेसलाई कसैले हल्लाऊन सक्ने छैन,कमज़ोर वनाऊन सक्ने छैन ,यस राजनितीक मोडलाई काग्रेसले राजनितीक अवसरको रुपमा उपयोग गर्नु पर्दछ, कांग्रेस झन मजवुत हुनेछ ।
जय नेपाल ।

 

 

 

-क्षितिज भण्डारी, पूर्व उपाध्यक्ष नेबिसंघ

राष्ट्रियसभा गृह मा आज अन्तर्राष्ट्रिय तरङ्ग ल्याउने गरि एमालेंमाकेंनयाँ शक्ति बिच एउटै पार्टी बनाउन ‘वाम ध्रुवीकरणको आधार, औचित्य र दीर्घकालीन असर बारे बिपि कोइरालालाई सम्झदै सकारात्मक चिन्तन/बिश्लेषण गर्न कर्णाली नदि मा मेरो स्नान चिन्तन’

 

 

 

 

 

 

‘स्नान चिन्तन’
राष्ट्रियसभा गृह मा आज अन्तर्राष्ट्रिय तरङ्ग ल्याउने गरि एमालेंमाकेंनयाँ शक्ति बिच एउटै पार्टी बनाउन ‘वाम ध्रुवीकरणको आधार, औचित्य र दीर्घकालीन असर बारे बिपि कोइरालालाई सम्झदै सकारात्मक चिन्तन/बिश्लेषण गर्न कर्णाली नदि मा मेरो स्नान चिन्तन’

 

 

 

 

 

 

 

-पुरुसोत्तम ढकाल, नुवाकोट, हाल क्यालिफोर्निया, अमेरिका

 

 

 

‘नीति र सिद्धान्त विर्शिएको काँग्रेस र हिन्द्स्तानको असफल छिमेक नीतिका कारण चीनिया सहयोगमा वामपंथी अधिनायकवादी युगको आरम्भ’
दक्षिण एशिया र चीनिया बिरालो चाल बुझेका एक अमेरिकी कुटनितिज्ञले विक्रम संवत २०६०को सरदकालिन रात्री भोज र भेटमा मलाई भनेका थिए हिन्दुस्तानको मध्यस्ततामा भएको १२ बुदे संझौता नेपाल राष्ट्रको पतनको आरम्भ हो र भारतीय संस्थापनको संकीर्ण सोच, नेपालको माइक्रो मेनेज गर्ने नीति, हिमालय क्षेत्रमा बढ्दो चीनिया प्रभाव र चासो प्रति पूर्वाग्रह सहितको हचुवा विश्लेषणको कारण भारत विरोधी जनमत बढ्दै गएर नेपाललाई चीनिया सुरक्षा छातामा आश्रित गराउन सफल चीनको कुटनीतिक सफलतानै नेपालमा कम्युनिष्ट अधिनायक स्थापनाको रोड म्याप बन्यो जसको कारण नेपाल केहि वर्ष भित्रै भेनेजुएला र रशिया जस्तै चीन नियन्त्रित वामपन्थी वर्चस्वको राष्ट्रपति अधिनस्त मुलक बन्दै छ । चीनले सहजै आफ्नो सिमा सुरक्षाको प्रत्याभूत गर्ने नेपालका कम्युनिष्टहरुको सत्ता स्थापना गर्न र उनीहरुको विजय अभियानसार्थक तुल्याउन नेपाली कम्युनिष्टहरुको एकिकरणआवश्यक ठान्यो र यसका लागि नेपाली सेना, ससस्त्र प्रहरी बल र कर्मचारी प्रशासनमा सुस्तरी साम दाम दण्ड भेद उपयोग गर्दै आफ्नो दर्विलो उपस्थिति जनाएको थियो र त्यो उपस्थिति यतिबेला आफु समर्थक कम्युनिष्ट घटक दलहरुको एकिकरण र सत्ता संचालनको लागि उपयोग गरिदियो जसका कारण यस क्षेत्रको प्रजातान्त्रिक आन्दोलन दशकौ टाउको उठाउन नसक्ने गरि खुम्चिएको छ ।
दोस्रो जनआन्दोलन २०६२(६३ सुरु हुनु केहि समय अघि आन्दोलनका कमान्डर स्वर्गीय गिरिजा प्रसाद कोइरालासंग भेट्ने मौका मिल्दा नेपाली कांग्रेसले भारतीय सहयोगमा माओवादीसंग गर्ने संझौता नेपाल राष्ट्रको लागि अनिष्ट भन्ने वाक्यांस अभिव्यक्त गर्दा तत्कालिन राजा ज्ञानेन्द्र शाह प्रति कटाक्ष गर्दै माओवादी हिँसा अन्त्यको लागि आफुले यो स्टेप चाल्न वाध्य भएको प्रतिक्रिया दिएका थिए तर राष्ट्रपति निर्वाचनको अघिल्लो सन्ध्यामा भेट हुँदा स्वर्गीय कोइराला फर्किने ठाउँ नभएकोमा मौन देखिन्थे ।
अघिल्लो वर्ष अमेरिका आएका काँग्रेस महामन्त्री शशांक कोइरालासंग सोधेको थिएँ र भनेको पनि थिए तर आम नागरिक जस्तै मेरो अन्तरात्माले समेत आस गरेको श्रद्धय महामन्त्री कोइराला पार्टी सभापति देउवाले पार्टी आफुलाई कुनै दिन सुम्पने लोभमा फसिसकेका रहेछन।उनि माओवादीसंगको साझेदारी बिरुद्ध बोल्नै नसक्ने निरिह भेटिन्थे र काका स्वर्गीय गिरिजा प्रसादको कदमको रक्षा गर्दै थिए । जवकी उनकै पिता जननायक बिपी कोइरालाको दिव्य ज्ञान हिन्दुस्तान संगको सहकार्य कति आत्माघाती र नेपालमा चीनिया चासो हेक्का गर्न चाहेनन् ।
संयोगले नेपाली राजनीतिका शिर्ष नेतृत्वसंग त्यतिबेलाको मेरो टेलिभिजन कार्यक्रम ‘सिधा कुराु मार्फत मोहन वैध्य, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराईले स्पष्ट भनेका थिए, ‘निकट भविष्यमा बामपन्थी एकिकरण सहित संसद्को निर्वाचन मार्फत कम्युनिष्टहरुले लामो समय नेपाल राष्ट्र संचालन गर्ने सम्भावना छ । उनीहरुको संकेत थियो युद्धकालमा जसरी भारत उपयोग भयो त्यसैगरी काँग्रेस र कोइराला कोमिन्ताङ्ग बन्नेछन तर माओवादी भित्रको अहंकार र अन्तरपार्टी संघर्षले यसलाई केहि वर्ष धकेल्यो ।
विश्व कम्युनिष्ट आन्दोलनका चतुर एवं सफल खेलाडी प्रचण्डले दरवार, हिन्दुस्तान मात्र होइन काँग्रेसलाई समेत प्रयोग गरेर प्रत्यक कदममा सफल र विजयी बन्दै गएको अवस्थामा यतिबेला उनकै नेतृत्वमा प्रमुख कम्युनिष्ट घटकहरु नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० बीच सुरु भएको एकिकरण प्रक्रिया आरम्भ भएसंगै नेपाली राष्ट्रिय राजनीतिमा आश्चर्यजनक ध्रुवीकरण सहित कम्युनिष्ट अधिनायक स्थापनाको नयाँ युग प्रारम्भ भएको छ ।
प्रचण्ड र नेपाली कम्युनिष्टहरुको सौभाग्य यतिबेला सत्ता, सेनाको आधी हिस्सा, राष्ट्रियताको नाउमा संगठित शक्ति, देउवालाई प्रयोग गरेर प्राप्त गरेको स्थानिय सत्ता, अर्को प्रमुख घटकसंग वैचारिक र रणनीतिक सामिप्यता र उत्तरको छिमेकीको चासो र सरोकार सहितको गठबन्धनले नेपाल राष्ट्रको प्रजातान्त्रिक आन्दोलन इतिहाँसमा चीनिया राजनीतिक दल कोमिन्ताङ्ग बन्दै छ र मुलुक दक्षिणको असफल हस्तक्षेप र माइक्रो मेनेजमेन्टसंगै उत्तरी छिमेकी चीनको पोल्टामा पुगेको छ ।
मधेश पाउने लालशामा दक्षिण, पहाडमा हुने चीनिया गतिविधि प्रति मौन रहंदा ति अमेरिकी कुटनितिज्ञले भने जस्तै नेपाल राष्ट्रमा चीनिया रणनीतिमा संचालन हुने कम्युनिष्ट अधिनायकवादीहरुले संसदीय निर्वाचनमा प्राप्त गर्ने अपार सफलतासंगै नेपालको राज्यसत्ता केहि वर्ष भित्रै कम्युनिष्टहरुले नियन्त्रण गर्दैछ र नेपालको प्रजातन्त्र समाप्त हुँदैछ भनेर गरिएको विश्लेषण आजैका दिन कम्तिमा शेरबहादुर देउवाहरुले मानेन् भने कुनै आश्चर्य नमाने हुन्छ ।
काँग्रेसले कोमिन्ताङ्ग हुनु अघि बुझ्नु पर्यो राष्ट्रवादी शक्ति र पुर्व राजा ज्ञानेन्द्र शाह सांस्कृतिक विराशत सहितको आफ्नो परिवारको पुनर्स्थापना हुने सर्तमा यो कदमको साक्षी बसेका छन्, यसकारण उनको साथ्, समर्थन र सहयोग कम्बोडियाका राजा नरोद्धम सिंहानुकको जस्तै हुनेछ ।
कहाँ भयो भुलस्
ज्ञानेन्द्र शाहले गिरिजाप्रसाद कोइराला र काँग्रेसलाई दुस्मन देख्नु बदलामा आगो बनेका कोइराला हिन्दुस्तानको सरणमा पुगेर १२ बुंदे सम्झौता गर्नु, चीनको आर्थिक र सैन्य संयोजनमा तयार भएको माओवादी बिद्रोहलाई दरबार र शाह बंसिय राजतन्त्रको पतनको लागि उपयोग गर्ने नाउँमा कम्युनिष्ट बिद्रोहलाई भारतले सेल्टर सहयोग, समर्थन दिनु र ज्ञानेन्द्र शाहले तत्कालिन अमेरिकी साहायक विदेश मन्त्री रोबर्ट ए ब्लकले प्रस्ताव गरेको हृदयन्द्रलाई सांस्कृतिक राजा बनाएर प्रजातन्त्रवादी शक्ति र दरवारको सहकार्य गराउने प्रस्ताव नस्वीकार्नुनै नेपाल राष्ट्रमा कम्युनिष्ट अधिनायकको उदयको मूख्य कारण र भुल बन्यो ।
सान्ति प्रक्रियामै छौ भन्ने प्रचन्डले प्रधानमन्त्री हुँदा नेपाली सेना नियन्त्रण गर्ने प्रयास गर्दा पनि काँग्रेस र हिन्दुस्तानले सत्ताको लागि प्रचण्डसंग सहकार्य गर्नुले काँग्रेस भित्रको एउटा जमातलाई सत्ता दिएमा त्यो शक्तिले काँग्रेस सक्ने बुझेका प्रचण्डले चितवनमा प्रजातन्त्रको मेरुदण्ड भनिने निर्वाचन पद्धति र काँग्रेसको भद्धा मजाक उडाउदै सहकार्यको नाउँमा छोरीको उपस्थिति जनाए ।
अन्त्यमा, व्हाइट हाउसले यतिबेला दक्षिणको छिमेकीलाई सहअस्तित्व र साझेदारी सहित दक्षिण एशिया सुम्पिएको छ र स्रोत र साधनले समेत सहयोग र समर्थन प्रदान गरिरहेको छ तर दक्षिणको छिमेकी भारतको असफल विदेश छिमेक नीतिका कारण यतिबेला यस क्षेत्रमा एक्लिएको छ र उत्तरको छिमेकीले क्रमश घेर्दै लगेको छ जस्तोकी यो दशकमै भारतले श्रीलंका, माल्दिभ्स, नेपाल गुमाएको छ भने पाकिस्तान चीनको सुरक्षा साझेदार बन्दै छ, भुटान भारतको नियन्त्रणबाट बाहिरिदै छ भने बंगलादेशमा चीनिया लगानी र साझेदारी बढ्दै छ र व्हाइट हाउसले भूराजनीतिक महत्वको यो क्षेत्रको लागि आफ्नो भारत केन्द्रित नीतिमा तत्काल परिवर्तन नगरे यो क्षेत्रको प्रजातन्त्र मात्र समाप्त हुदैन यस क्षेत्रमा चीनिया सुरक्षा छातामा मौलाउने अधिनायकवाद चीनिया साम्राज्यको शक्तिको स्रोत बनिरहनेछ ।

 

 

 

-यदुराम साप्कोटा, जनसम्पर्कसमिति जापान

आदरणीय
सभापती शेर बहादुर देउबा ज्यु नमस्कार ! जय नेपाल।
यती बेला सत्तासाझेदार माओबादी ले साथ छाडेर बाम मोर्चा बनाउदै गर्दा आत्तीनु भएको होला। हजुर लाई हल्का प्रेसर हाई पनि भएको ले अचानक यस्तो धुर्विकरण ले मन आतीएको पक्कै होला तर आतीनु पर्दैन। यसरी आत्तीएर अराष्ट्रीय तत्व र बिखण्डनकारी हरु सँग एकता गर्छु भनेर पनि नथाल्नुहोला जसरी हिजो कार्यकर्ता को चाहाना बिपरीत माओबादी सँग तालमेल गर्नुभएको थियो त्यसो फ्याट्टै नगर्नुहोला। मधेस मा भएका केही दल आफै काँगरेस को आसन मा आउछन् फकाउन जानै पर्दैन त्यसैले यो तालमेल भन्ने चिज गर्न नथाल्नुहोला। किसुनजी ले २०४७ साल मा सबै कम्युनिष्ट मिलेर काँगरेस सँग चुनाब लड्न आउ भनेको साँचो हो र देश लाई आवाश्यक पनि यही थियो यो बाममोर्चा सँग काँगरेस तर्सन पर्दैन। काँगरेस एक्लै ले बहुमत ल्याउन सक्षम छ,काँगरेस को पक्ष मा जनमत छ। तर बहुमत ल्याउन अब केही सतर्क हुनै पर्छ। पार्टी भित्र मौलाएको गुटबन्दी अब सबै तह का नेताबाट अन्त्य गर्नु जरुरी छ। अनि अब प्रतिनिधी सभा र प्रदेश सभाको चुनाब मा अब गुट र नोट का उमेदवार हैन जनता मा लोकप्रिय नेता हरु लाई टिकट दिने निर्णय गरिहाल्नुस ७ ओटा प्रदेस चर्चीत लोकप्रिय युवानेताहरु ,गगन थापा ,बिश्वप्रकास शर्मा ,धनराज गुरुङ,चन्द्र भण्डारी बद्री पाण्डे रमेश लेखक ,प्रदीप पौडेल लगायत का नेता लाई मुख्य मन्त्री को उमेदवार घोषणा गर्न कती ढिला नगर्नुस। तपाई ३ पटक प्रधानमन्त्री भैसकेको मान्छे अब अर्को पटक प्रधानमन्त्री बन्ने महत्वकाङ्क्षा पाल्दै नपाल्नुहोला। केपी वली र प्रचन्ड का चर्का भाषण र उखान टुक्काबाट बिरक्तीएका कम्युनिस्ट पार्टी का कार्यकर्ता पनि एकचोटी अभागी रामचन्द्र पौडेल आए केही गर्थे कि भन्ने झिनो आशा पालेर बसेका छन्। त्यसैले अब चुनाब पछाडी रामचन्द्र पौडेल लाई प्रधानमन्त्री बनाउने घोषणा गरेर चुनाबी तयारी मा लाग्नुस। एमाले माओबादी र नँयाशक्ती को एकता बाट असन्तुष्ट भएका जनता लाई अरु बिबेकशील साझा पार्टी र साना पार्टी तिर फैलीन नपाउदै काँगरेस मा भित्राउने र आगामी चुनाब मा बहुमत ल्याउने रणनिती मा अब लागिहाल्नुस। फेरी पनि पार्टी भित्रै ४०र६० को गुट का आधार मा टिकट बाढ्ने चर्चीत युवा नेताहरु लाई उमेदवार नबनाउने आफै ले प्रधानमन्त्री को लोभ गर्नु भयो भने कम्युनिष्ट हरुको खहरेभेल ले २र४ बर्ष बढार्न बेर लाग्दैन खहरे भेल सुक्न त केही समय मा सुक्छ त्यही पनि देश को समृध्दी अभियान फेरी ५ बर्ष पछाडी धकेलिन दिनु हुदैन। चुनाब मा हारीएला की भनेर चुनाब नबनाउने तिर सोच्नै हुदैन। एमाले माओबादी सत्ता फेरेर चुनाब नगराउने रणनिती मा एकता गरेका रहेछन भने आफै बढारीन्छन। त्यसैले संयमता पुर्वक बिबेक पुराएर नआतीकन निर्वाचन को तयारी मा लाग्नुस। काँगरेस एक्लै ले बहुमत ल्याउन सक्षम छ। जय नेपाल।