राजनीति

प्रधानमन्त्री देउवा र माओबदी अध्यक्ष दाहालबीच एमालेलाई हिस्स पार्ने यस्तो भयो नयां सहमति !

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउदादेखि झण्डै डेढ बर्ष अगाडीदेखी बनेको काँग्रेस र माओबादी केन्द्रबीचको सहकार्य यथावत नै । उक्त सहमतीबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सत्ताबिहीन बनाएपनि पानीबिनाको माछा हुंदै गएको एमाले र उक्त पार्टीका नेताहरु काँग्रेस सिध्याउन लागि परेका भएपनि मंगलबारको प्रधानमन्त्री एबम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको बैठकले नया राजनीतिक मोड लिने अनुमान राजनीतिकबृतमा चल्न थालेको छ ।

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वामपन्थी दलबीच तालमेलको चर्चा चलेकै बीचमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच कुराकानी भएको हो । काँग्रेसले वर्तमान गठबन्धन कायम राखेर निर्वाचनमा जान माओवादी केन्द्रसँग प्रस्ताव गर्दै आएको छ भने केन्द्रले नेकपा (एमाले) सँगको तालमेल र पार्टी एकताका लागि वार्ता अघि बढाएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार दुई शीर्ष नेताबीच आपसी छलफल भएको तर आफूलाई विस्तृत जानकारी नभएको बताएका छन् ।
बाहिर भन्न नमिले पनि स्थानीय तहको तेस्रो चरणको निर्बाचनमा बढारिएको एमालेलाई सभापति देउवा र अध्यक्ष दाहाल दुबै नेताले जनताले नाम नै नलिनेगरी बढार्ने कसरत गरेको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

एमाले र माओबादी दुबै पार्टीका उमेर्द्वार ६०/४० को अनुपातमा हुने र दुबै पार्टीको निर्बाचन चिन्ह आआफ्नै हुन भन्ने एमाले र माओबादीले सहमती गरेका छन्, नेपाली काँग्रेसका लागी यो सहमतिले नयाँ राजनीतिक बाटो खोज्ने बाध्यता भने श्रृजना गरेको छ ।