राजनीति

यस कारण नेपाली काँग्रेसका युवा नेता गगन थापाको काठमाण्डौमा जित शुनिश्चित

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले काठ्माण्डौ क्षेत्र नम्बर ४ मा विजयी शुनिश्चित भएको छ । काँग्रेसले यसलाई उक्त मंसिरको निर्बाचनलाईकसलाई उठाउने फिक्स नभएपनि अगाडीको निर्बाचनमा अत्याधीक मत ल्याएर विजयी भएका थापाले नै टिकटपाउने निश्चतप्रायः छ ।
उक्त क्षेत्रमा निर्बाचन जित्न गगन थापालाई सहज भएको कारण अरु नभएर एमालेले कमजोर उमेर्द्वार सिफारिस गर्नु नै हो । एमालेले सोमबार माधव नेपाल प्रधानमन्त्री भएका बेला परराष्ट्र सल्लाहाकार भएका राजन भट्टराईलाई काठमाण्डौ ४ बाट प्रतिनिधिसभाकालागि साँसदको उमेर्द्वार बनाएको छ । राजन भट्टराई एमालेको परराष्ट्र बिभाग सचिब, समानुपातिक साँसद भएपनि उनी खुलेर जनताको मन जित्न सक्ने नभएका कारण गगनले बिगतमा भन्दा पनि बढी मत ल्याएर विजय हाँशिल गर्ने सम्भाबना बढ्दै गएको काठमाण्डौमा राम्रो प्रभाब भएका एक एमाले नेताले नाम नभन्ने शर्तमा सुर्यखबरलाई बताए ।
उनका अनुसार एमालेले केन्द्रीय स्तरमा राम्रो प्रभाब भएका नेताहरुलाई काठमाण्डौमा निर्बाचन लडाउने रणनीति लिनुपर्ने उनको दाबी छ । काठमाण्डौ काँग्रेसको गण हो र उक्त गण भत्काउन त्यति सहज नहुने उनको ठम्याई छ ।
स्वास्थ्यमन्त्री हुंदा समेत गगनले राम्रा काम गरेर मुलुकमा नै आफ्नो छवि बनाएका कारण गगनको लागी सहज बनेको काठमाण्डौका काँग्रेसीहरुले समेत बताउने गरेका छन् ।
भर्खरै सम्पन्न स्थानीय तहको निर्बाचनमा समेत दह्रो प्रतिश्पर्धीको रुपमा आफूलाई उभ्याएको एमालेमात्र प्रायः काँग्रेसको लाइ काठमाण्डौका प्रतिश्पिर्धी हुने अनुमान राजनीतिकबृतमा लगाइएका कारण माओबादी केन्द्रले जस्तो उमेर्द्वार दिएपनि खासै फरक नपर्ने अनुमान लगाउन सकिन्छ ।