राजनीति

जुन क्षेत्रबाट टिकट दिए पनि निर्बाचन लड्न तयार छु : उपप्रधानमन्त्री श्रेष्ठ

वालिङ, स्याङ्जा । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले पार्टीले जुनसुकै स्थानबाट टिकट दिएर उम्मेदवार बनाए आफूले निर्वाचन लड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसले आज स्याङ्जाको गल्याङमा आयोजना गरेको अन्तरक्रियामा उनले पार्टीले जल्लाको जुनसुकै क्षेत्रबाट उम्मेदवार बनाए पनि आफू निर्वाचनमा जान तयार रहेको स्पष्ट पारे ।

“स्याङ्जाका जनताले मलाई धेरै गुन लगाएका छन्”– काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले भने, “म आगामी मंसिरमा हुने निर्वाचनमा प्रत्यक्षबाट निर्वाचन लड्न इच्छुक छु, किनकी यहाँले लगाउनुभएको गुन मैले तिर्न अझै बाँकी छ ।”

शिक्षामन्त्री श्रेष्ठले अबको शिक्षा प्राविधिक र व्यावसायिक हुनुपर्नेमा पनि जोड दिए ।