अन्तर्राष्ट्रिय

यसरी जेल जाँदैछन् पाकिस्तानी पुर्ब प्रधानमन्त्री नवाज शरिफ

इस्लामावाद । पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ पाकिस्तानको भ्रष्टाचार हेर्ने एक अदालत सामु उपस्थित भएको समाचार छ ।

भ्रष्टाचारको आरोपमा दुई महिनाअघि पदबाट बर्खास्त गरिएका पूर्व प्रधानमन्त्री शरिफ सोमबार दोस्रो पटक सो अदालतसामु उपस्थित भएको पाकिस्तानको राजधानी इस्लामावादबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उनी सोमबार बिहान सो अदालतमा उपस्थित हुदा अदालत वरिपरिको सुरक्षा व्यवस्था निकै कडा पारिएको समाचारमा उल्लेख गरिएको छ ।

अदालत परिसरलाई प्रहरीले पूरै घेरा हालेको थियो । सो सुरक्षा घेराबाहिर उपस्थित उनका समर्थकहरुले शरिफको पक्षामा नाराबाजी लगाएका थिए ।

उनीहरुले पूर्व प्रधानमन्त्री शरिफ दोषी रहेको, उनले भ्रष्टाचार नगरेको तर राजनीतिक प्रतिशोधका आधारमा उनीलाई दोषी बनाइएको भन्दै नाराबाजी गरिरहेका थिए ।

उनी अदालत परिसरमा उपस्थित हुदा पाकिस्तानका ठूलो सङ्ख्याका पत्रकार उपस्थित थिए । उनीलाई टेलिभिजनका फोटो पत्रकारहरुले निकै परसम्म पछ्याएका थिए ।

उनीमाथि भ्रष्टाचारको आरोपमा छानबीन सुरु भएपछि लामो समयपछि सर्वोच्च अदालतले गत जुलाई महिनामा उनीलाई पदमा बसिरहन नैतिकताको आधारमा नमिल्ने भन्दै बर्खास्त गरेको थियो ।

त्यसयता पनि उनीमाथि अदालतको अनुसन्धान जारी नै छ । उनी दोस्रो पटक सोमबार सो अदालतमा उपस्थित भएका छन्र सम्भवत उनीमाथि जेल सजाय हुनसक्ने अनुमानका समाचारहरु आउन थालेका छन् ।

सोमबारका पाकिस्तानी सञ्चारमाध्यमहरुले पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफलाई जेल सजाय हुनसक्ने भनी समाचार सम्प्रेषण गरिरहेका छन् । तर यो समाचारको कानुनी वा अदालती रुपमा पुष्टी भने हुन सकिरहेको छैन ।