मनोरञ्जन

गायीका पन्तको ‘दशैँ तिहार गाउँमै रमाइलो’ भिडियो

काठमाडौँ । गायिका दीपा पन्तको ‘दशैँ तिहार गाउँमै रमाईलो’ नामक आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार डा कृष्णहरि बरालको शब्द, संगीतकार हरि लम्सालको संगीत रहेको सो गीतमा गायिका पन्त र गायक भूषण खतिवडाको स्वर रहेको छ । गीतमा नेपालीहरूको महान् पर्व दशैँ, गाउँघर, साथीभाइसँगको रमाइलो क्षणलाई समेटिएको छ ।

गायिका पन्तले यसअघि ‘रियालिटी’ (पप आधुनिक), ‘दिलको बदला’ (आधुनिक) र ‘दीपा’ (आधुनिक) एल्बम बजारमा ल्याइसकेका छन् । अन्य आधुनिक गीत बजारमा ल्याउनका लागि रेकर्डिङको क्रममा रहेको र छिट्टै बजारमा ल्याउने तयारी गरिएको गायिका पन्तले जानकारी दिए ।