शिक्षा

त्रिविका आंशिक प्राध्यापक आमरण अनशनमा

काठमाडौँ । आंशिक प्राध्यापकले आफूहरुलाई करारमा नियुक्ति दिन माग गर्दै आज त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित कार्यालय अगाडि आमरण अनशन शुरु गरेका छन् ।

आंशिक प्राध्यापक संघको आह्वानमा वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनका शिक्षक डा महेश गजुरेल अनशनमा बसेका हुन् ।

संघका केन्द्रीय सदस्य विष्णु लम्सालका अनुसार यसअघि गरिएको ६४ दिनको रिले अनशनबाट सुनुवाइ नभएकाले वडादशैंकै बीचमा आमरण अनशन शुरु गरिएको हो । त्रिवि मातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको एक हजार ४२० दरबन्दी आवश्यक भएको विश्वविद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।