उर्जा

बूढीगण्डकी जलविद्युत् परियोजना अघि बढ्छ – ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बूढीगण्डकी जलविद्युत् परियोजनालाई अगाडि बढाइने बताए ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री शाहीले भने, “अदालतमा विचाराधीन रहेको मुद्दामा अहिले नै संसदीय समितिले हतार गरेर जुन किसिमको निर्णय गरेको छ, यो निकै हतारको निर्णय भयो । यसले राम्रो सन्देश जाँदैन । सरकारले काम अघि बढाउँछ, रोकिँदैन ।”

पछिल्लो समय मुलुकमा शक्ति पृथकीकरणका सिद्धान्तविपरीत काम भइरहेको बताउँदै उनले भने “संवैधानिक निकायमध्ये एकले अर्कोमाथि हस्तक्षेप गर्ने काम भइरहेको छ । यसले दीर्घकालमा नराम्रो प्रभाव पार्छ ।

मन्त्री शाहीले मुलुकमा भइरहेको विद्युत् चुहावट न्यून हुँदै गएको बताए । साथै उनले जलविद्युत् परियोजना ‘होल्ड’ गरेर राख्ने र पटकपटक म्याद थपेर बस्ने कम्पनीका बारेमा सरकारले अनुमतिपत्र खारेज गर्न सोच्नुपर्ने बेला आएको छ भने ।