राजनीति

कलैयामा मेयर उपमेयर दुबैमा काँग्रेस विजयी

कलैया । यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन् ।

काँग्रेसका यादवले १० हजार ९०३ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद साहले १० हजार ७१६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

त्यसैगरी उपप्रमुखमा काँग्रेसकै रहिना खातुन १० हजार ५३८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी प्रतिमा यादवले १० हजार ३७२ मत प्राप्त गरेका छन् ।