पर्यटन/संस्कृति

विप्लप भए चंगा चेटमा च्याम्पियन

काठमाडौँ । नेपालीको महान् पर्व विजयादशमीको अवसरमा आयोजित चंगा चेट प्रतियोगितामा विप्लप डंगोल च्याम्पियन भएका छन् ।

नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–८ इकाई समितिको आयोजनामा गौशलास्थित कैलाशडाँडामा भएको उक्त प्रतियोगितामा विकास श्रेष्ठ दोस्रो र समर्पन दवाडी तेस्रो भएका छन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु आठ, पाँच हजार र दुई हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

विजेता खेलाडीलाई नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठ, कामपा–८ का अध्यक्ष दिनेशकुमार डंगोल लगातलले पुरस्कार प्रदान गरे ।

सो अवसरमा काठमाडौं क्षेत्र नं ४ का सभापति श्रेष्ठले दशैँको अवसरमा चंगा खेल्ने देशको संस्कृति लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै यस्तो खालको कार्यक्रमले संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा कूल ३८ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक हरिओम वैद्यले जानकारी दिए ।