राजनीति

राजनीति विकासका लागि गर्नुपर्छ : नेता लेखक

बैतडी। नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विकासका लागि आफूले राजनीति गरिरहेको बताएका छन् ।

आज बैतडी सदरमुकाम गोठलापानीमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले विकासका लागि आफू सधैँ लागिपरेको बताए ।

नेता लेखकले भने, “राजनीति विकासका लागि, विकास समृद्घिका लागि हो ।”

आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्नेमा पनि उनले जोड दिए ।

वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र नेपाली काँग्रेस बैतडीका सभापति तथा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले मुलुकको विकास र समृद्धिका लागि सबैले इमान्दारीपूर्वक लाग्नुपर्ने आवश्यकता औल्याए ।

जगन्नाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन विशेष भूमिका निर्वाह गरे वापत नेता लेखक र वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दलाई कार्यक्रममा क्याम्पस परिवारले सम्मान पनि गरियो ।