आर्थिक

  एनआईसी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार

काठमाण्डौ । एन आई सी एशिया बैंकले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठको पावन अवसर पारेर नेपालमै पहिलो पटक अत्यन्त सुलभ रुपमा घर तथा जग्गा खरीद गर्ने वा घर निर्माण गर्ने सपना साकार पार्न ठोस टेवा पु¥याउने उद्देश्यले आफ्ना ग्राहकहरुका लागि घर कर्जा सम्बन्धी विशेष योजना ल्याएको बताएको छ ।

बैंकले ‘एन आई सी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना आफ्ना ग्राहकहरु सामु ल्याएको कुरा निमित्त कप्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताएका छन् ।गाँस बास कपासलाई आधारभूत आवश्यक्ता भनदै ल्याइएएको  योजना अन्तर्गत सहज रुपमा ०.९ प्रतिशत प्रति महिनाको ब्याजदरमा घरकर्जा उपलब्ध गराईने तथा ग्राहकहरुले सम्पूर्ण कागजातहरु पेश गरेको ३ कार्य दिन भित्रै घरकर्जा सम्बन्धि निर्णय भैसक्ने व्यवस्था गरिएको छ ।

यो योजना अन्तर्गत घर कर्जा लिंदा व्याजदर बाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचना लगायतका कुनै पनि दस्तुर/शुल्क लाग्ने छैन । नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा SWAP गर्न समेत उक्त कर्जा उपलब्ध हुनेछ ।

 कर्जाको अवधि २५ वर्षसम्म रहने, दुई वर्षसम्म ब्याजदरमा समेत परिवर्तन नगरिने, कर्जाका लागि अनलाइनबाटै बैंकको Website मार्फत कर्जाको Eligibility रकम जाँच गरी आवेदन दिन सकिने, किस्ता वा ब्याजमात्र भुक्तानी गर्ने सुविधा सहित ग्राहकहरुको रुची र आवश्यकता अनुसार Term Loan /Overdraft कर्जा प्रदान गरिने बैंकको सुबिधा छ ।

उपरोक्त उल्लेखित प्रकारको उत्कृष्ट र सर्वाधिक ग्राहकमैत्री विशेषताहरु भएको  Home Loan Product जारी गर्ने एन आई सी एशिया बैंक देशकै पहिलो र एक मात्र वाणिज्य बैंक हो र यसबाट हजारौंको संख्यामा ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।‘साथीको साथ पाएपछि यसपालिको दशैंतिहारमा पूरा हुनेछ यहाँको आफ्नै घर वा जग्गा वा गाडीजोड्ने सपना’ भन्ने मूलनाराका साथ ल्याइएको यो योजना सीमित अवधिका लागि मात्र भएकाले मौकाको फाइदा उठाउन सम्पूर्ण ग्राहक महानुभावहरुलाई आवहान समेत गरेको छ ।