आर्थिक

बानेश्वरको जनसेवी बचतले गर्यो १३ लाख मुनाफा

काठमाडौं । जनसेवी बचत तथा ऋण सहकारी संस्थाले १२ लाख उनान्न साठी हजार आठ सय अठचालीस रुपैया मुनाफा आर्जन गरेको छ । काठमाण्डौको नयाँ बानेश्वर महादेस्थान मार्गमा अवस्थित उक्त सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा मा उक्त जानकारी गराईएको हो।
सभा संस्थाका अध्यक्ष शंकर प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त बार्षिक साधारण सभामा अध्यक्ष पौडेलले आर्थिक वर्ष ०७३्/७४को वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष ऋसभदेव खनालले आर्थिक वर्ष ०७३्/०७४को आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७३्/७४ मा १२ लाख उनान्न साठी हजार आठ सय अठचालीस रुपैया मुनाफा आर्जन गरेको र आगामी बर्ष यसलाई बृद्धी गर्ने बताईएको थियो ।
त्यसैगरी संस्थाले सदस्य हरुलाई बचत तथा ऋण सम्बन्धी जानकारीमूलक कार्यक्रम, सदस्य बिमा सहकारी शिक्षा तालिम लगाएत विभिन्न सामाजिक सेवा सम्बन्धी कार्य सरसफाई, रक्तदान जस्ता कार्यक्रम संस्थाले गर्दै आयको संस्थाका प्रबन्धक सरिता थापा भण्डारीले जानकारी गराईन्।
सभामा ७० बर्ष पुगिसकेका जेष्ठ सदस्यहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
संस्थाले वित्तीय सेवा साथै रेमिटान्स सेवा तथा सदस्यलाई सरल रुपमा स्वास्थ्य तथा दुर्घटना बिमा उपलब्ध गराउने योजना समेत अघि सारेको छ ।