स्वास्थ्य

चिकित्सकहरुको आन्दोलनका कारण सरकार अप्ठ्यारोमा

काठमाण्डौ । आन्दोलनरत चिकित्सक र सरकार पक्षबीच शनिबार हुने भनिएको वार्ता स्थगित भएको छ । मन्त्रिपरिषद्को निर्णयविरुद्ध आन्दोलनरत चिकित्सकसंग सहमति जुटाउन शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमातय भएको बैठक अन्तिममा आएर स्थगित गरिएको हो ।

आइतबारको नागरिकमा लेखिएको छ, नेपाल चिकित्सक संघको अगुवाईमा चिकित्सकहरु विभिन्न माग राखेर शुक्रबारदेखि आन्दोलनमा उत्रिएपछि सरकार अप्ठेरोमा परेको छ ।