आर्थिक

मासिक ६० क्विन्टल छुर्पी अमेरिका निर्यात

इलाम । इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिकातर्फ निकासी हुने गरेको छ । स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके बजारमा संकलन गरेर अमेरिकातर्पm निकासी गर्दै आएको छ ।

छुर्पी संकलन गरेर ग्रेडिङ गर्ने, मिलाउने र छान्नेलगायतका काम गर्दै आएका सञ्जय लिम्बूले इलामका चमैता, एकतप्पा, फुएतप्पा, साँखेजुङ, पुवामझुवा, फाकफोक, आमचोक र पाँचथरका चिलिङ्देन, पञ्चमी, फाक्तेपलगायतका अधिकांश गाउँबाट छुर्पी संकलन गरेर अमेरिकातर्फ निर्यात हुँदै आएको जनाएको छ ।

स्थानीयस्तरमा प्रतिकिलो रु ७५० देखि रु ९०० सम्ममा छुर्पी खरिद गर्ने गरेको बताउँदै वाङ्देलले भने – “राँके बजार र बिर्तामोडस्थित संकलनस्थलमा जम्मा भएका छुर्पी काठमाडाँै पठाउने गरेको र त्यहाँबाट अर्को व्यापारीमार्फत यसलाई अमेरिका पठाउने गरेका छन् ।”

यहाँबाट लगिएको छुर्पी ग्रेडिङ र प्याकेजिङ गरेपछि प्रतिकिलो रु एक हजार ३०० देखि रु एक हजार ५०० सम्ममा बिक्री हुने गरेको छ । राँके बजारमा मासिक रु ८० लाख मूल्य बराबरका छुर्पी संकलन हुने गरेका छन् ।

अमेरिकातर्फ निर्यात गरिएका छुर्पी त्यहाँका कुकुरलाई ख्वाइन्छ, वाङ्देलले भने, “हामीले यहाँबाट पठाएको छुर्पी सबै कुकुरका लागि हो ।”