पु.समाचार

बलान विहुलमा उपेन्द्र यादबको फोरम नेपाल विजयी

राजविराज । सप्तरीको बलान विहुल गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।  फोरमका दयानन्द गोइत दुई हजार २३८ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतेन्द्रकुमार यादवले एक हजार ३२२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि फोरम नेपालकै रुपी गुप्ता एक हजार ८०२ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका विमलादेवी यादवले एक हजार ४६८ मत प्राप्त गरेका छन् ।

सुरुङ्गामा काँग्रेस विजयी
काँग्रेसका मुक्तलाल चौधरी पाँच हजार २७९ मत ल्याएर सुरुङ्गा नगरपालिका प्रमुखमा विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामनारायण चौधरीले पाँच हजार ६९ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा काँग्रेसकै विन्दु पासवान पाँच हजार ३६ मत प्राप्त गरी विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी एमालेकै सविना डोटेलले आठ हजार चार मत प्राप्त गरे ।