मनोरञ्जन

नेपाल आइडलको उपाधि बुद्ध लामालाई, निशान फस्ट र प्रताप सकेन्ड रनर अप

काठमाडौं । पछिल्ला दिन निकै लोकप्रिय हुँदै आएको रियालिटी सो नेपाल आइडलमा पोखराका बुद्ध लामा नेपालको पहिलो नेपाल आइडल घोषित भएका छन् ।

कतारमा भएको ग्राण्ड फिनालेमा लामालाई तीन प्रतियोगीमध्ये सबैभन्दा बढी भोट पाएको भन्दै पहिलो नेपाल आइडल घोषित गरिएको हो । बुद्धले महिन्द्राको कारका साथै २० लाख नगद हात पारेका छन् ।

यस्तै आइडलको फस्ट रनरअप निशान भट्टराई बने भने सेकेण्ड रनरअप प्रताप दास बने । निशानले रु १५ लाख नगद र प्रतापले रु १० लाख प्राप्त गरे ।