स्वास्थ्य

अब होस गर्नुहोस् है, राजधानीमै भेटिए स्क्रब टाइफसका रोगी

काठमाण्डौ । राजधानीमै स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाभित्र बस्दै आएका १० जना बिरामी भदौ महिनामा मात्रै उपचारको क्रममा स्क्रब टाइफस रोगको संक्रमण फेला परेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।

उपत्यकाबाहिर नगएका राजधानीमै बसिरहेका १० जनालाई यो रोग देखा परेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले जानकारी दिए । ती बिरामीमा ज्वरो आउने, पसिना आउने लक्षण देखिएको अस्पतालले जनाएको छ ।

मुख्यत मुसाजस्ता स्तनधारी प्राणीले टोकेपछि यो रोगले आक्रमण गर्ने गर्छ । मुसामा लाग्ने माइट नामको सूक्ष्म किराले टोकेमा यो रोग सर्ने गर्छ । एउटा माइटमा रोग संक्रमण भएपछि फुलमा सर्ने र यसको संक्रमण २४ पुस्तासम्म जाने अध्ययनले देखाएको छ ।