पु.समाचार

प्रधानमन्त्री देउवाले किन दिए एक्कासि यस्तो कडा दबाब ?

काठमाण्डौ । सरकारले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई हटाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक अर्याललाई राजीनामा दिन दबाब दिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, देउवाले सुदूरपश्चिमका प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने नाममा हालका प्रहरी महानिरीक्षक अर्याललाई हटाउने तयारी गरेको बताइएको छ ।