राजनीति

दुई नम्बर प्रदेशमा एमालेको अन्तिम मतपरिणाम यस्तो आउन सक्छ, देखियो अहिले नै संकेत !

काठमाण्डौ । सोमबार सम्पन्न दुई नम्बर प्रदेशको अहिले मतगाणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार सो प्रदेशमा अघिल्ला पहिलो र दोश्रो चरणको निर्वाचनको भन्दा भिन्न मतपरिणाम आउने संकेत देखिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ भने माओवादी केन्द्रपछि एमाले र राजपा देखिएका छन् । संघीय फोरम र फोरम लोकतान्त्रिक पछि पछि दौडिरहेका छन् ।

अघिल्ला पहिलो र दोश्रो चरणका निर्वाचनको रेकर्ड यो किनपनि तोडिने संकेत देखियो भने ती निर्वाचनमा पहिलो भएको एमाले यो पटक तेश्रो हुने संकेत देखिएको छ । पछिल्लो अग्रतालाई हेर्दा त्यसको पुष्टि हुन्छ । मधेसमा एमालेले किन असफलता बेहोर्नुपर्यो भन्ने बहस गरिहाल्न अहिले केही हतारो जस्तो भएपनि पछिल्ला मतपरिणामले त्यसको संकेत दिएको छ ।

वास्तवमा दुई नम्बर प्रदेशमा एमालेलाई झड्का लाग्नुको कारण उसले पछिल्ला वर्ष मधेसप्रति लिएको नीति भएको एकथरी विश्लेषकहरु भनाई छ भने अर्को कुरा सत्तारुढ दल नेपाली कांग्रेस, एमाले र राजपा लगायतका मधेसवादी दलहरुको अप्रत्यक्ष तालमेलले यो परिणाम निम्त्याएको हो । एमालेले सालाखाला राम्रै मत परिणाम हासिल गर्ने देखिए पनि कांग्रेस, माओवादीसँग उसको टक्कर पर्ने देखिदैछ ।

पहिलो चरणको पूर्वसन्ध्यामा भएको एमालेको मेची–महाकाली अभिायनमा राजविराजमा भएको झडपलेनै दुई नम्बर प्रदेशमा एमालेका लागि प्रतिकुल अवस्था देखिएको थियो । त्यसमाथि पनि एमालेको चर्को विरोध गर्दै आइरहेको राजपाका कारण पनि अधिकांश मत उसलाई र कांग्रेस माओवादीतर्फ झरेको देखिन्छ ।

त्यसपछि संघीय फोरम र फोरम लोकतान्त्रिकतर्फ मत झरेको देखिन्छ । वास्तवमा मधेसवादी दलहरुले अघि सारेको संविधान संशोधनको मुद्धालाई असफल गराउन प्रमुख रोल खेल्ने एमालेले अहिले ल्याएको सीट संख्या पनि निकै राम्रो हो ।

उसले अहिले पनि कांग्रेस र माओवादीलाई टक्कर दिइरहेको छ, तर एमाले नेताहरुले दाबी गरेअनुसार मतपरिणाम आएको देखिन्न । यसले एमालेलाई फेरि एकपटक मधेसको विषयमा समीक्षा गर्नुपार्ने अवस्थामा पुर्याएको राजनीतिक विश्लेषकहरुको दाबी छ ।