पु.समाचार

मोरङको कानेपोखरीमा आगोले जलेर चार जनाको मृत्यु

उर्लाबारी । मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागीमा परेर चार जनाको मृत्यु भएको छ । सोही ठाउँका ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा आज बिहान ३ बजे अचानक आगलागी भएको थियो ।

आगलागीबाट घरभित्र सुतेका चन्द्रबहादुरसहित उनकी आमा ८६ वर्षीया गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राईको आगोले जलेर मृत्यु भएको हो ।

आगो विराटनगर, इटहरी र दमकका समेत गरी तीनवटा वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।