आर्थिक

चिलिमे जलविद्युत आयोजनाले पायो अर्को लाइसेन्स

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनीले ५ सय ८५ मेगावाटका दुई जलविद्युत आयोजनाको सर्भे अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।

कम्पनीले पाँच जलविद्युत आयोजनाका लागि उर्जा मन्त्रालयमा आवेदन दिएकोमा मन्त्रालयले करिब ७५ अर्ब रुपैयाँको लागतमा बन्न लागेका ४ सय २० मेगावाटको बूढीगण्डकी प्रोक र १ सय ६५ मेगावाटको सेती नदी(३ को सर्भे लाइसेन्स दिएको छ ।

बिहीबारको कारोबारमा लेखिएको छ, चिलिमे कम्पनीका प्रमुख कार्यकारी अधिकृत दामोदरभक्त श्रेष्ठले उर्जा मन्त्रालयले दुई जलविद्युत आयोजनाको सर्भे लाइसेन्स दिएको पुष्टि गरे ।