अन्तर्राष्ट्रिय

संसारलाई रुवाइदियो यो तस्वीरले, के सुकीको आँखामा पनि आँसु आउला ?

एजेन्सी । यो तस्वीर एक रोहिंग्या मुस्लिम दम्पतीबाट ४० दिन अघि जन्मिएका एक मृत बालकको हो । रोहिंगा परिवार म्यानमारबाट भागेर बंगलादेश छिर्दै गर्दा एक डुंगा पल्टिएपछि यी नाबालकको मृत्यु भएको हो ।

उनको परिवार म्यानमारमा बुद्धिष्ट अतिवादीहरुको दमन खप्न नसकी बंगलादेश भाग्ने क्रममा डुंगामा सवार थियो ।

डुंगा केही मिटर अघि बढ्नासाथ पल्टियो र यी नाबालकको मृत्यु भयो । उनै मृत बालकलाई आफ्नो छातीमा राखेर उनकी आमा बिलौना गरिरहेकी छन् ।

यो तस्वीरलाई टाइम म्यागजिनका फोटोपत्रकार दार यासिनले क्यामेरामा कैद गरेका थिए । उनले यो तस्वीर दक्षिणपूर्वी बंगलादेशमा खिचेको जनाएका छन् । जुन तस्वीरले फेरि एकपटक विश्वलाई रुवाइदिएको छ ।

म्यानमारमा बुद्धिष्ट सरकारको दमन सहन नसकी रोहिंग्या मुसलमान समुदाय दिनप्रतिदिन लाखौको संख्यामा त्यहाँबाट विस्थापित भैरहेका छन् । यो मुद्धामा म्यानमारकी नेतृ आङ साङ सुकीको विश्वभर कडा आलोचना भैरहेको छ ।