राजनीति

विष्णुपुर गाउँपालिकामा संघीय फोरम विजयी

लहान । सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । गएराति सम्पन्न भएको मतपरिणामअनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सत्यनारायण यादवले एक हजार २८० मत प्राप्त गरे । तेस्रोमा नेकपा ९माओवादी केन्द्र०का सतदेव यादवले एक हजार २५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, सो गाउँपालिकाको उपप्रमुखमा संघीय फोरम नेपालकी अरहुलादेवी सिंहले दुईहजार सात मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ललितादेवी यादवले एक हजार २२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।