समाचार

यस्तो छ दुई नम्बर प्रदेशको पछिल्लो मतपरिणाम, कांग्रेसको अग्रता कायमै (अपडेट)

काठमाण्डौ । सोमबार सम्पन्न दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा लगायतका पार्टीबीच कडा टक्कर देखिएको छ ।

अहिलेसम्म नेपाली कांग्रेसले अग्रता लिइरहेको छ ।  नेपाली कांग्रेसले २ स्थानमा जित हासिल गरेको छ भने एमालेले ४ स्थानमा जित हासिल गरेको छ । त्यस्तै माओवादीले २,राजपाले १, संघीय फोरमले १, फोरम लोकतान्त्रिकले २ स्थानमा जित हासिल गरेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३१,एमालेले १७, माओवादीले २१, राजपाले १७, संघीय फोरमले १६, फोरम लोकतान्त्रिकले १ र अन्य दलहरुले २ स्थानमा अग्रता लिइरहेका छन् ।