काठमाण्डौ । सोमबार सम्पन्न दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा लगायतका पार्टीबीच कडा टक्कर देखिएको छ ।
अहिलेसम्म नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । त्यसैक्रममा बाराको जितपुर सिमरा उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । यस्तो छ सो उपमहानगरपालिकाको मेयरका उम्मेद्वारहरुको पछिल्लो मतपरिणामः
मेयरमा
एमाले ५६९७
कांंग्रेस ३७३५
माओवादी केन्द्र ४७०६