काठमाण्डौ ।अनियमिततामा संलग्न भएको भन्दै कर्मचारीमाथि कालोमोसो दल्ने क्रम बढेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी कार्यालयका कर्मचारीहरुलाई कालोमोसो दल्ने क्रम बढेसँगै सरकारी कर्मचारी त्रसित भएका छन् ।
बिहीबारको नेपाल समाचारपत्रमा लेखिएको छ, सरकारी कार्यालयमा सेवाग्राहीका रुपमा भित्रिएर कालोमोसो दल्ने घटना बढेपछि अनियमिततामा संलग्न सरकारी अधिकारी कर्मचारी आतङ्कीत भएका हुन् ।