राजनीति

काँग्रेस नेता प्रकाशमानको क्षेत्रमा मंसिरको निर्बाचनको चर्चा, यस्तो देखियो संकेत

काठमाण्डौ । स्थानीय तहको तेस्रो चरणको निर्बाचनको नतिजा आईनसक्दै मंसिर १० र २१ गते सरकारले घोषणा गरेको केन्द्र र प्रदेशको संसदीय निर्बाचनका लागी काठमाण्डौको क्षेत्र नम्बर १ मा उमेर्द्वार बन्न काँग्रेस नेताहरुको चर्चा चल्न थालेको छ । नेपाली काँग्रेसका पूर्बमहामन्त्री प्रकाशमानसिंहको निर्बाचन क्षेत्र पर्ने उक्त क्षेत्रमा सिंह निर्बिबाध रुपमा केन्द्र्रका उमेर्द्वार भएपनि प्रदेशमा निर्बाचन लड्नका लागी नेताहरुबीचमा प्रतिस्पर्धा चल्ने देखिएको छ ।
नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहका पुत्र समेत रहेका पूर्ब उपप्रधानमन्त्री प्रकाशमान सिंहले ०६४ र ०७० सालको संबिधानसभा निर्बाचनमा भारी मतले विजयी हाँसिल गरेको उक्त क्षेत्र काँग्रेसका लागी काठमाण्डौको सबैभन्दा सुरक्षित क्षेत्र हो । क्षेत्र नम्बर नम्बर १ को मा वडा नम्बर १०, ११ र २९ लाई क प्रदेशमा राखिएको छ भने वडा नम्बर ३१ लाई ख प्रदेशमा राखिएको छ ।

क्षेत्र नम्बर १ को क मा प्रवल थापा, दीपेन्द्र श्रेष्ठ, मोहन कुमार राई लगायतका नेताहरु आफू उमेर्द्वार हुन लागी परेका छन् । मोहन कुमार राई भोजपुरका भएकोले स्थानीयलाई प्राथमिकता दिनुपर्ने भनेर काठमाण्डौका र्याकर्ताले बिरोध गरिरहेका छन् । उनी ०७० सालमा समानुपातिबाट सांसद बन्दा समेत काठ्माण्डौ काँग्रेसमा ब्यापक बिरोध भएको थियो । साँसद राईको भोजपुरमा समेत पञ्चायतकालमा काँग्रेसीहरुलाई लखेट्न पञ्चेहरुसंग मिलेमतो गरेको भन्ने आरोप भोजपुरका नेपाली काँग्रेस कार्यकर्ताहरुले लगाउने गरेका छन् । दीपेन्द्र श्रेष्ठ नेबिसंघदेखि राजनीतिमा सकृय भएर हाल काँग्रेस माहासमित सदस्य छन्, उनी १३ माहाधिभेसनमा क्षेत्रीय सभापतिमा पराजित भएका थिए ।

अष्ट्रेलियामा अर्थशास्त्रमा मास्टर्स गरेका प्रवल थापा हाल काँग्रेस जिल्ला सदस्य हुन् । प्रकाशमान सिंहले केन्द्रको टिकट पाउदा प्रदेशको टिकट क्षेत्री बाहुनले माग्न सक्ने सम्भाबना हुदा आसा लाग्दा युवा थापाको पनि सम्भावना छ । राजनीतिमा निस्कलंक र केहि सम्भाबना भएका युवा प्रवल थापा गाँउका स्थानीय थापा क्षेत्री भएकोले उनलाई टिकट दिदा अन्याय नहुन पनि सक्छ ।
उनीहरुले टिकट बाजी माने नमार्ने फरक कुरा भएपनि दीपेन्द्र र प्रवल दुबै युवा भएकोले उनीहरुलाई स्थानीय बासिन्दाले मन पराएको देख्न सकिन्छ ।

ख मा भने स्थानीय तहको निर्बाचनका बेला प्रभाबशाली नेता शुरजचन्द्र लामिछाने, रवीन्द्रबिक्रम राणा (पकाश), लिलेन्द्र प्रधान, जिबनचन्द्र कोईराला, कल्याणी रिजाल लगायतको नाम चर्चामा छ । कल्याणी रिजाल ०६४ सालमा समानुपातिकमा सांसद भएपनि ०७० सालमा बन्न सकिनन् । लिलेन्द्र प्रधान पेट्रोलियम ब्यावशायी संघका अध्यक्ष्ँ हुन् । रबिन्द्र बिक्रम राणा वडा नम्बर ३१ मा स्थानीय तहको निर्बाचनमा पराजित भएपनि हाल क्षेत्र नम्बर १ का काँग्रेस सभापति हुन् । सुरजचन्द्र लामिछाने तरुण दलमा सकृय रहेका युवा भएकोले उनिपनि टिकट लिन आन्तरित लविगं गरिरहेको स्रोतको दाबी छ । उनलाई लामिछाने सबैसंग मिल्ने मिलनसार प्रबृतिका भएकोले नेतृत्वगणले मनपराएका युवा हुन् ।

स्थानीय तहको निर्बाचनमा अनावश्यक हस्तक्षेप गरेको भनेर अरोप लागेका नेता सिंहले युवाहरु लगायतका सबैलाई समाबेशी हिसाबले समेटेर नलगे आगामी निर्बाचनमा काँग्रेसका लागी सहज नहुन सक्छ । प्रकाशमान सिंहले आयोजना गरेको दशैं तिहार चियापान कार्यक्रममा कार्यक्रममा नेता हरिबोल भट्टराईले आफूलाई टिकट नदिए स्वतन्त्र भएपनि केन्द्रको निर्बाचनमा उमेर्द्वारी दिने बताएका छन् । त्यसबाट पनि मंसिरको निर्बाचनमा सबैलाई मिलाएर नलगे सिंहको राजनीतिक भबिश्यमा नै समस्या पर्ने बानेश्वरका एक काँग्रेस नेताले सुर्यखबरलाई बताए ।