राजनीति

सभापति देउवाले पार्टी एकलौटी ढंगले चलाएकाले कार्यकर्ता निरास – नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई निर्वाचित गराउन मतदातालाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेस नागार्जुन नगरपालिकाले बुधबार आयोजना गरेको ‘दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान एवम् चियापान’ कार्यक्रममा नेता सिंहले मंसिरमा हुन लागेको निर्वाचनमा काँग्रेसलाई निर्वाचित गराउन आग्रह गरेका हुन् । “निर्वाचनका लागि पार्टीले तय गरेको उम्मेदवारको पक्षमा भोट माग्नुहोस् र जिताउनुहोस्,” नेता सिंहले भने ।

नेता सिंहले काँग्रेस नेतृत्वको सरकारको पालामा जारी भएको संविधानको आधारमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुन लागेको भन्दै काँग्रेसको पक्षमा भोट माग्न कार्यकर्तालाई आग्रह गरे । नेता सिंहले काँग्रेसले गरेका कामहरु आम जनतामाझ लगेर जनताको मन जित्नुपर्ने बेला आएको बताए ।

काँग्रेस पूर्वमहामन्त्री सिंहले पार्टी नेतृत्व संस्थागत ढङ्गले चल्न नसकेको भन्दै पार्र्टी सभापति एबम् प्रधानमनत्ती शेरबहादुर देउवालाई लक्षित गर्दै उक्त कदमले कार्यकर्ता निराश उत्पन्न हुँदै गएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।