सूचना प्रविधि

सामसुङले ल्यायो नयाँ प्रविधिको ग्यालेक्सी नोट, यस्ता छन् यसका सुविधा

काठमाण्डौ । सामसुङ इलेक्ट्रोनिक्सले spen र दुईवटा क्यामरा भएको Galaxy Note  नेपाली बजारमा ल्याएको छ । सो कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त प्रविधियुक्त ग्यालेक्सी नोट बजारमा ल्याएको हो ।

धेरै भन्दा धेरै सुविधायुक्त मानिएको उक्त ग्यालेक्सी नोटका आकर्षण पक्ष भनेको यसलाई सहजै हातमा लिन सकिने र S Pen को सहायताले सहजै एक व्यक्तिबाट अर्को व्यक्तिमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

कम्पनीका अनुसार यसमा भएको Dual camera निकै अत्याधुनिक रहेको छ, जसभित्र जडान गरिएको Optical image stabilization  ले जुनसुकै बेला जीवन्त एवम् शसक्त फोटो खिच्न सकिन्छ ।

कम्पनीका अनुसार नेपालका हज्जारौ ग्राहकहरुको मन जित्न सफल सामसुङ नोट सिरिजमा अत्याधिक सुरक्षा संयन्त्रहरुको लागि samsung knox  प्रविधिको प्रयोग समेत गरिएको छ ।

यस Galaxy Note-8 ले ग्राहकहरुलाई आजको अत्याधुनिक प्रविधिसँग जिवन्त सम्बन्ध राख्न सहयोग गर्ने विश्वास समेत सामसुङ कम्पनीले लिएको छ ।