पु.समाचार

दुई नम्बर प्रदेशको चुनावको मतपरिणाम आउन सुरु, यस्तो छ भर्खरैको मतपरिणाम !

काठमाण्डौ । असोज २ गते भएको दुई नम्बर प्रदेशको निर्वाचनको मतपरिणाम आउन सुरु गरेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । उसलाई नेकपा एमालेले पछ्याइरहेको छ भने तेश्रो माओवादी केन्द्र देखिएको छ ।

पछिल्लो रिपोर्टअनुसार बारा जिल्लाका बारागढी र फेटा गाउँपालिकामा नेपाली कांग्रेस अघि देखिएको छ भने बाराकै देवतालमा माओवादी केन्द्र अघि देखिएको छ ।

त्यस्तै धनुषाको मिथिला बिहारी नगरपालिका र सप्तरीको सप्तकोसी नगरपालिकामा एमालेले अग्रता लिएको छ । सिरहाको कल्याणपुरमा कांग्रेस अघि देखिएको छ ।

त्यस्तै सिरहाको लम्मीपुर पतारीमा फोरम नेपाल अघि छ भने सप्तरीको तिलाठीमा राजपा अघि देखिएको छ । त्यस्तै सिरहाको लाहान र रौतहटको गौरमा पनि मतगणना जारी छ तर मतपरिणाम सार्वजनिक गरिएको छैन ।

केही स्थानमा अहिले बिहानबाट मतगणना सुरु हुने तयारी भैरहेको छ ।