खेलकुद

अब बल्खु खोलामा बञ्जी जम्प गर्न पाइने

काठमाण्डौ । फडेदह बल्खु खोला झोलुंगेपुल निर्माण भएसँगै पर्यटक बढाउने उदेश्यले बन्जी जम्पबारे अध्ययन गरिने भएको छ । बल्खु खोलाले चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकालाई जोडेको छ ।

जिल्ला समन्वय समिति काठमाडौं एवम् उपभोक्ताको संयुक्त अगुवाइमा बनेको सस्पेन्डेड प्रकारको पुल भदौ २५ गतेबाट सञ्चालनमा आएको छ । उपभोक्ता समितिका अध्यक्ष हरि कार्कीले भने, चन्द्रगिरी र कीर्तिपुर नगरपालिकासँग बन्जी जम्पबारे कुरा भइरहेको छ ।

डाँडाकाँडाको बीचमा छ, उचाइ पनि काठमाडौंका अन्य पुलभन्दा बढी भएकाले बन्जीको राम्रो सम्भावनालाई मध्यनजर गर्दै छलफल अघि बढाइरहेका छौं ।