आर्थिक

एनआईसी बैंकले पहिलोपटक जेनबिआईको कोर्ष संचालन गर्दै

काठमाण्डौ। एनआईसी एशिया बैंक  र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट  बिच JANBI कोर्स संचालन गर्ने बारेमा आज सम्झौता सम्पन्न भएको छ । बैंकले Learning And Development Activities  लाई थप गतिशिलता प्रदान गर्नको लागि एक छुट्टै विभागको स्थापना गरी कार्य गर्दै आइरहेको छ ।

बैंकिगं उद्योगमा आफ्नो छुट्टै पहिचान रहेको एन आई सी एशिया बैंक देशकै नम्बर वान बैंकको रुपमा आफुलाई स्थापित गर्ने महत्वकांक्षी लक्ष्यका साथ अगाडि बढीरहेको बैंकले जनाएको छ, बैंकले निकट भविष्यमा नै Learning And Development Activities  लाई थप उचाइमा पु¥याउनको लागि Learning & Development Academy को स्थापना गरि बैंकिङ सम्बन्धि सम्पुर्ण Learning And Development Activities हरु संचालन गर्ने वृहत लक्ष्य समेत लिएको छ ।

यस सम्झौता अनुसार बैंकले ३८८ जना कर्मचारीहरुलाई JANBI कोर्समा संलग्न गराउने छ । बैंकिङ क्षेत्रमा नै यति ठूलो संख्यामा JANBI कोर्ष गराउने पहिलो बैंक नै एन आई सी एशिया बैंक हो । यस सम्झौता अनुरुप बैंकले, NBI द्वारा संचालन गरिने विभिन्न तालिम तथा कार्यक्रमहरुमा विशेष छुट समेत पाउनेछ । JANBI सर्टिफिकेसन कोर्स गर्नेले स्वःअध्ययन गरि ल्द्यक्ष् द्वारा लिने परिक्षाहरु उत्तिर्ण गर्नु पर्ने हुन्छ । त्यस्ता परीक्षाहरु वर्षमा जून  र डिसेम्बर महिनामा गरी दुई पटक सञ्चालन गर्नेगरेको NBI  ले जानकारी गराएको छ । त्यस्तो परिक्षा उत्तिर्ण गर्नेहरुलाई सर्टिफिकेट दिने गरेको र हालसम्म देशमै ३४८ जना मात्रै JANBI सर्टिफाईड बैंकरहरु रहेको जानकरि समेत NBI ले गराएको छ ।

उक्त सम्भौतापत्रमा एन. आई. सी. एसिया बैंकका तर्फ बाट सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर सम्पन्न भएको छ ।