राजनीति

राप्रपाबाट विष्ट र शर्मा राज्यमन्त्रीमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का तर्फबाट विराज विष्टलाई विज्ञान तथा प्रविधि र कमला शर्मालाई आज वन तथा भूसंरक्षण राज्यमन्त्रीको शपथ गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित समारोहमा प्रधानमन्त्री देउवाले सो पदको शपथ गराएका हुन्। यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायकमन्त्रीको जिम्मेवारी सम्हालेका थिए थिए भने शर्मा पहिलो पटक राज्यमन्त्री बनेका हुन् ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले विष्ट र शर्मालाई राज्यमन्त्रीमा पार्टीको सिफारिससहित उहाँहरुको नाम प्रधानमन्त्रीलाई बुझाएका थिए । नवनियुक्त राज्यमन्त्रीद्वय विष्ट र शर्माले आजै कार्यालयमा पुगेर पदबहाली गरेका छन् ।